पाँच स्थानमा युनाइटेड क्लबद्धारा कम्प्युटर र प्रिन्टर वितरण


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२


  • पाँच स्थानमा युनाइटेड क्लबद्धारा कम्प्युटर र प्रिन्टर वितरण

    पोखरा ।

    जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।

    पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो ।

    जेन्जी आन्दोलनले निम्त्याएको संकटको बेला युनाइटेड क्लबले कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरिन । संकटको बेलालाई सबैले मिलेर सामाना गर्दै अगाडी बढ्नुपर्नेमा शर्माले जोड दिइन ।

    त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबले संकटको बेलामा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ का सम्पूर्ण सामाग्रीहरु जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएर जनताको काममा प्रत्यक्ष असर परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरी वडाको दैनिकी कामकाजमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो ।

    युनाइटेड क्लबले जेन्जी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । थापाका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ संगै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो ।

    युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोेग प्रदान गर्दै आइरहेको छ । गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगर भित्रका सरकारी तथा निजी सम्पदाहरु आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे र आफुहरुले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरेको क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend