नेपाली क्रिकेटले इतिहासमा अर्को ठुलो सफलता


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२


  • नेपाली क्रिकेटले इतिहासमा अर्को ठुलो सफलता

    नेपाली क्रिकेटले इतिहासमा अर्को ठुलो सफलता पाएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी २० विश्वकपका लागि छनोट भएको छ ।ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी२० विश्वकपमा स्थान पक्का गरेको हो ।सन् २०१४ मा पहिलो पटक टी २० विश्वकप खेलेको नेपालले दश वर्षको प्रतिक्षापछि २०२४ मा दोस्रो पटक खेलेको थियो । त्यसपछि भने नेपालले धेरै कुर्न नपर्ने भएको छ ।

    सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकपमा डेब्यु गरेपछि नेपाली क्रिकेटमा क्रान्ति सुरु भएको थियो र त्यसपछि नेपालले लगातार विश्वकप खेल्ने अनुमान गरेसगैं पहिलो पटक विश्वकप खेलेपछि नेपालले दश वर्षपछि मात्र सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमार्फत पुनरागमन गरेको थियो । यस पटक भने नेपाललाई सुरुवात देखि नै भाग्यले साथ दिएको थियो । नेपाली खेलाडी र टिमको मिहिनेत अनि त्यसमा थपिएको आत्मविश्वासमा भाग्यले पनि राम्रो साथ दिएको र मिहिनेत गर्नेलाई मात्र भाग्यले साथ दिन्छ भन्ने भनाई नेपाली क्रिकेट मा उदाहरण बन्न गएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend