सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८२


  • सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

    तनहुँ । तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१र८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् ।

    सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिक्री भएका वन पैदावरमध्ये ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर छन् । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा पनि बिक्री भएको छ ।

    वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ पनि ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार निजी आवादीतर्फ ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।

    जिल्लाको कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ८५ वटा कबुलियती वन रहेको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend