कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८२


  • कार्गो विमान दुर्घटना : कम्तीमा सात जनाको मृत्यु

    पीएसको एउटा कार्गो विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको लुइसभिल विमानस्थलबाट उडेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको हो ।

    केन्टकीका गभर्नर एन्डी वेशियरले कम्तीमा सात जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताएका छन्। उनले अनुसन्धान जारी रहँदा यो संख्या बढ्न सक्ने बताएका छन्।

    वेशियरले यसअघि नै केही घाइतेहरूको अवस्था ‘अत्यन्तै गम्भीर’ रहेको उल्लेख गरेका थिए। लुइसभिलका मेयर क्रेग ग्रीनबर्गले मंगलबार साँझ एक्समा ट्वीट गर्दै सहरका हरेक आपतकालीन एजेन्सीहरू घटनास्थलमा परिचालन भएको जानकारी दिएका छन्।

    विमानमा करिब ३८ हजार ग्यालेन इन्धन रहेकोले दुर्घटनापछि ठुलो विस्फोट भएको थियो र नजिकैका व्यापारिक भवनहरूमा पनि आगो लागेको थियो। यूपीएसका अनुसार विमानमा तीन जना चालक दलका सदस्यहरू सवार थिए, जसको अवस्था अहिलेसम्म अज्ञात छ।

    गभर्नर वेशियरले पनि विमानमा रहेका चालक दलको अवस्था अनिश्चित रहेको र प्रभावित परिवारहरूसम्म जतिसक्दो चाँडो पुग्ने प्रयास भइरहेको बताए। उनले भने, ‘यो दुर्घटना कत्तिको भयानक थियो भन्ने भिडियोमा र तस्वीरहरूमा देखिएको छ।’

    सीएनएनका अनुसार यस दुर्घटनाले व्यापारिक प्रतिष्ठानहरू र सडकहरूमा आगो लागेको छ, जहाँबाट कालो बाक्लो धुवाँको मुस्लो टाढासम्म फैलिएको देखिन्छ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend