युवा पत्रकारिता पुरस्कार धन बहादुर गुरुङ (सुमन) लाई


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२


  • युवा पत्रकारिता पुरस्कार धन बहादुर गुरुङ (सुमन) लाई

    पोखरा । मेजर लक्ष्मी प्रसाद हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर गुरुङ (सुमन)लाई पुरस्कृत गरिने भएको छ ।

    आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० कास्कीको संयोजनमा पुरस्कार दाता मेजर लक्ष्मी प्रसाद हुमकुमारी गुरुङको वैवाहिक बर्षगांठको अवसर पारेर मंसिर ३ गते बुधबार आयोजना हुने कार्यक्रममा गुरुङलाई उक्त प्रदान गरिनेछ।

    फोनिज कास्कीका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम फोनिज कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।

    छनोट समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमाकुमारी गुरुङ, फोनिज कास्की अध्यक्ष बिनु थापा मगर र सचिव देविका तामाङ रहेका थिए ।

    सम्मानित हुन लागेका गुरुङ २०६९ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफ।एमबाट प्राविधिकका रुपमा काम गरी सञ्चार क्षेत्रमा प्रवेश गरेका उनी अनलाइन तथा पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गरिरहेका छ्न ।

    हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति रासससँग आवद्ध छ्न ।

    उनी नेपाल पत्रकार महासंघ कास्कीमा सह सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० गण्डकीमा उपाध्यक्ष, नेपाल प्रेस युनियन कास्कीमा सचिव, र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव छ्न ।

    उनी यसअघि खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट सम्मानित भईसकेका छ्न ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend