पत्रकारिता पुरस्कारका लागि निट डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना ग¥यो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२


  • पत्रकारिता पुरस्कारका लागि निट डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना ग¥यो

    पोखरा ।पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
    डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
    पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ ।

    कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताए । पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई छ । पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था मगरले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘आफ्नै अगाडि धेरै पुरस्कार केही वर्षमा वितरण गर्न रोकिएको उदाहरण देखिरहेका छौं, अब अक्षयकोष स्थापना भइसकेपछि निट डेण्टल पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने छ,’ उनले भने ।

    निट डेण्टल पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारलाई मात्र नभएर अन्य समुदायका पत्रकारलाई समेत समेट्दै अगाडि बढ्ने उनको विश्वास छ । यो पुरस्कार पोखरा वा गण्डकी प्रदेशका पत्रकारहरुमा मात्रै सीमित नगरेर देशभरीका पत्रकारलाई सम्मान गर्ने गरेर स्थापना गरिएको उनले कार्यक्रममा जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend