ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, पौस ६ २०८२


  • ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रपुर–गौर सडकखण्डको बालचनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
    शनिबार साँझ करिब ७ः३० बजे गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक गढीमाई नगरपालिका–४ सुन्दरपुरका करिब ५० वर्षीय प्रमोद साह कानु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
    यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै वीरगञ्जस्थित न्युरो अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रूपा लाबुङले जानकारी दिइन् ।

    दुर्घटनापछि ट्याक्टर चालक फरार भए पनि प्रहरीले घटनास्थल र आसपासबाट शंकास्पद दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनाको खबर प्राप्त हुनासाथ इन्स्पेक्टर दिनेश थापाको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट टोली घटनास्थल खटिएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend