रवि सभापति, बालेन प्रधानमन्त्रीको उम्मेदवार


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, पौस १३ २०८२


  • रवि सभापति, बालेन  प्रधानमन्त्रीको उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० बीच पार्टी एकीकरण गर्ने ऐतिहासिक सहमति भएको छ । आइतबार बिहान दुई पक्षबीच भएको हस्ताक्षरसँगै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ ध्रुवीकरण भएको हो ।

    सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ कायम हुनेछ ।दुई नेताबीच भएको शक्ति बाँडफाँटको सहमतिअनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बन्ने टुंगो लागेको छ । दुवै पक्षले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने प्रतिबद्धता जनाएका छन् । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने विषय सहमतिपत्रमा उल्लेख छ ।

    यस्तै, समुन्नति र सामाजिक न्यायका लागि नीतिगत तथा संरचनात्मक सुधार गर्दै १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा समर्पित हुने दुवै नेताले बताएका छन् । पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकारभित्र निलो रङको घण्टीको आकृति रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।

    बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समेटिनेछ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार मानिने सहमतिपत्रमा उल्लेख छ । यो सम्झौताबमोजिम निर्वाचन आयोगमा दलसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया तत्काल अघि बढाइने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend