ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी : अमेरिकी सेना परिचालन हुनसक्ने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, पौस २३ २०८२


  • ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी : अमेरिकी सेना परिचालन हुनसक्ने

    वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध(स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्प समेत प्रयोग हुन सक्ने संकेत दिएका छन्। ह्वाइट हाउसले ग्रीनल्याण्ड प्राप्तिलाई ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भन्दै यसका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पुष्टि गरेको छ।

    अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर(इन(चिफको नियन्त्रणमा रहने विकल्प भएको भन्दै ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गरेको छ। ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्‍याएका छन्। तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यो नेटो सैन्य गठबन्धनको अन्त्य हुने चेतावनी दिएकी छन्।

    युरोपेली राष्ट्रहरूको आपत्ति यसैबिच, बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन गरेका छन्। उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यको निर्णय डेनमार्क र ग्रीनल्याण्डले मात्र गर्न पाउने स्पष्ट पारेका छन्। युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन्।

    ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स(फ्रेडरिक निल्सनले अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय अखण्डताको सम्मान गर्दै सम्मानजनक संवाद हुनुपर्नेमा जोड दिएका छन्।

    विवादको पृष्ठभूमि यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेपपछि झनै चर्किएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिए लगत्तै ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरकी पत्नी केट मिलरले सामाजिक सञ्जालमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाको रङमा रंगाएको नक्सा पोस्ट गर्दै ‘चाँडै’ भनेर लेखेकी थिइन्।

    सोमबार स्टिफन मिलरले ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्ने कुरा सरकारको औपचारिक धारणा भएको बताएका थिए। सीएनएनसँगको अन्तर्वार्तामा उनले ग्रीनल्याण्डको भविष्यका लागि अमेरिकासँग कसैले पनि युद्ध नगर्ने दाबी गरेका छन्।

    बीबीसी

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend