घान्द्रुक पर्यटन महोत्सवको तयारी गर्दै च्यारिटी डिनर ९ लाख बढी संकलन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, पौस २४ २०८२


  • घान्द्रुक पर्यटन महोत्सवको तयारी गर्दै  च्यारिटी डिनर ९ लाख बढी संकलन

    महोत्सव फागुन ६ देखि ९ गतेसम्म
    पोखरा, पुष २४ गते ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ६देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ ।
    घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा हुने महोत्सवको सन्दर्भको पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको हो ।
    घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममा ९ लाख ६ हजार ६सय रुपैयाँ आार्थिक संकलन भएको रोधीं क्लब घान्द्रुकमा उपाध्यक्ष अमृत गुरुङले बताए ।
    घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको बताए ।
    रोधीं क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले च्यारिटी डिनर कार्यक्रमले आर्थिक संकलन मात्र नभएर विभिन्न स्थानबाट आएका आफन्त साथीहरुसँग छलफल तथा भलाकुुसारी गर्ने अवसर समेत प्राप्त भएको बताए ।
    ‘सबै मौसममा पर्यटन भन्ने नारासहित पोखरामा हामीले रोधी क्लब र घान्द्रुक पर्यटन व्यवस्थापन समितिसँगको सयुक्त आयोजना हुन लागेको घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेका छौं, अध्यक्ष गुरुङले भने, च्यारिटी डिनरमा आर्थिक संकलन मात्र नभएर विभिन्न स्थान, शहरमा बस्दै आउनु भएका आफन्त साथीभाईहरुको भेटघाट गर्ने अवसर समेत हो ।’
    उनले घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गर्दै आएको महोत्सवलाई रोधी क्लब घान्द्रुकले समेत सहकार्य गर्दै महोत्सव सयुक्त रुपमा आयोजना गर्न लागेको स्पष्ट पारे ।
    घान्द्रुक पर्यटन महोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता, रस्साकस्सी र छेलो प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको रोधीं क्लब घान्द्रुकका उपाध्यक्ष गुरुङले बताए ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा एकैदिन २ हजार ५ सय बढी पर्यटक राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।
    पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी वनठाटी–देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसर–दोबाटो–मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ । यस्तै घान्द्रुक हुर्दै अन्नपूर्ण बेस क्याप समेत जान सकिन्छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend