‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, पौस २४ २०८२


  • ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

    पोखरा । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसियल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरूङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई वटा क्लबलाई प्रदान गरेका छन् ।

    हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरूङले अवार्डबाट प्राप्त नगद रु १ लाख दुई क्लबलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उनले सहारा क्लबको आसन्न २५औं आहा रारा पेाखरा गोल्डकपका लागि नगद रु ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसियसनका अध्यक्ष डम्बरजङ गुरूङलाई नगद रु ५० हजार हस्तान्तरण गरेका हुन् ।

    रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेबी गुरूङले पोखराको फुटबल विकासमा दुबै क्लबहरुको योगदान महत्वपूर्ण रहेकोले थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए । उनले भने–“तपाई दुबै क्लबहरु गण्डकीको शान हो । यहाँहरुले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनिय छ । अब यहाँहरु दुबै क्लब अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढनुस । पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”

    कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरूङले सहयोगका लागि आभार व्यक्त गरे ।

    सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरूङ, सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, एलजी एशोसियसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend