काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमाकाठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेडनिकालिने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्तपरेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षागरिएको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्तरूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।
परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचानझल्किने गरी सहभागिता जनाउन आग्रह गरिएको छ। विविध जाति,भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यो एकता परेडले नेपालीसमाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्तरूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमामनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरूआयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरूसञ्चालन हुने जनाइएको छ।
पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेडआयोजना गरिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धिगर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीकोसन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिकानिर्वाह गर्नेछ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दाठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वासमुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएरएकताको सन्देश दिन जरुरी छ।