२०८२ पौष २७ गते
प्रविन मगर
पोखरा ।गैर–आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाले संरक्षक तथा सल्लाहकार चयन गरिएको छ। गत शनिबार बसेको कार्यसमितिको बैठकले २०२५–२०२७ का लागि संरक्षक तथा सल्लाहकार पदमा चयन गरेको हो ।
गैर–आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाको संरक्षकज्यूहरूमा पूर्व अध्यक्षहरु श्याम उपाध्याय, प्रभाकर घले, मुक्त गुरुङ, धर्मराज खतिवडा ,पूर्व ICC सदस्यदिपेन्द्र हिमालय कार्की चयन भएका छन् । त्यस्तै सल्लाहकाररूमा भूपेन्द्र गुरुङ (राजु गुरुङ), निर्मल पौडेल, रोशन घिसिङ, आकाश घिमिरे, डायमण्ड राई, बुद्धि बहादुर तामाङ,रिम बहादुर खड्का (रमेश खड्का), सन्तोषी भण्डारी (स्यान्डी रेनर), डेभिन लामा गुरुङ चयन गरेको छ । एनआरएनए अष्ट्रियाका अध्यक्ष श्री ध्रुव बहादुर पौडेल लगाएत पदाधिकारी तथा सम्पर्ण सदस्यहरुलेनव नियुक्त सबै संरक्षक तथा सल्लाहकारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेर स्वागत गरेका छन् । उहाँहरूको अनुभव, सल्लाह र मार्गदर्शनले संस्थालाई थप सुदृढ बनाउने विश्वास लिएको अध्यक्ष श्री ध्रुव बहादुर पौडेले बताए ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महाधिवेशन १३ सेप्टेम्बर २०२५ मा भएको थियो ।