दोस्रो त्रिभुवन स्मृति कप २०८२ को अवसरमा पोखरा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्ने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, पौस २९ २०८२


  • दोस्रो त्रिभुवन स्मृति कप २०८२ को अवसरमा पोखरा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्ने

     

    पोखरा,

    परिवर्तन युवा क्लब, पोखरा–२२ ठुलिबिडीको आयोजनामा दोस्रो फाइभ–ए–साइड त्रिभुवन स्मृति कप २०८२ आगामी फागुन महिनामा पोखरा–२२ स्थित सिम्लेपाखा खेलमैदानमा आयोजना हुने भएको छ।

     

    स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा आयोजना हुँदै आएको उक्त प्रतियोगिताको अवसरमा यस वर्ष खेलकुदसँगै स्वास्थ्य सचेतनालाई जोड्दै सर्वसाधारणलाई लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ।

     

    पोखरा अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहकार्यमा सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा रक्तचाप र रगतमा चिनी जाँच, ECG सहित हृदय परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा साना उपचार सेवा उपलब्ध गराइनेछ।

    यसैगरी, परिवर्तन युवा क्लब र पोखरा अस्पतालबीच भएको सहकार्यअनुसार प्रतियोगिताको अवसरमा स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरिएको छ। वृद्ध, अशक्त तथा अपाङ्ग व्यक्तिहरू, अप्रेशन तथा चिरफार, सामान्य स्वास्थ्य परीक्षण, रगत तथा पिसाब परीक्षण, बिरामी भर्ना तथा विभिन्न रोगसम्बन्धी परीक्षणहरूमा छुट प्रदान गरिनेछ।

    आयोजकका अनुसार स्वास्थ्य शिविर अवधिभर यी सेवाहरू लागू हुनेछन् भने परिवर्तन युवा क्लबमार्फत रिफर भएर गएका सेवाग्राहीले अन्य दिनहरूमा पनि सहुलियतका सेवा लिन सक्नेछन्।

    खेलकुदलाई माध्यम बनाएर समुदायस्तरमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend