दर्ता उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन माघ ९ गते


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२


  • दर्ता उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन माघ ९ गते

    पोखरा। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता उम्मेदवारहरूको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ ।

    माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको भन्दै अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

    गलबार साँझ ६ बजेसम्म महिला ३०३ र पुरुष २३ सय ५२ जनाको उम्मेदवारी परेको छ । माघ ७ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने तथा सोही दिन ३ बजेदेखि ८ गते बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरेर ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्नेछ ।
    माघ ९ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरी चार बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend