पोखरा महोत्सब -समापन कार्यक्रम को लागि बेलुन भर्दा ग्यास पड्कियो , एक जना ICU मा भर्ना


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, माघ ११ २०८२


  • पोखरा महोत्सब -समापन  कार्यक्रम को लागि बेलुन भर्दा ग्यास पड्कियो , एक जना ICU मा भर्ना

    पोखरा
    पोखरामा जारी पोखरा महोत्सवको समापन समारोहका लागि बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्कदाँ एक जना घाइते भएका छन् ।
    आइतबार विहान महोत्सवको समापन समारोहमा बेलुन उडाइ कार्यक्रम गर्ने आयोजकको कार्यतालिका थियो । समापन समारोहमा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई आमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि एक सय वटा बेलुन भर्ने क्रममा घटना भएको हो ।
    सिलिन्डरको पिँध पड्कदा बेलुन भर्दै गरेका धिरजकुमार गुप्ता घाइते भएका हुन ।
    घटना विहान ११ बजेदेखि १२ बजे भित्रको हो । विहान खासै मान्छे नभएकाले ठूलो घटना नभएको देखिन्छ । धिरजको घाटिमा चोट लागेको छ । उनको मेडिपाल्स अस्पतालमा उपचार भइराखेको छ ।
    घटनाको बारेमा भने प्रहरी वेखबर देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले आफुलाई जानकारी नभएको बताए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend