नेपाल पत्रकार महासंघको संस्थापक कायम गर्न माग गर्दै पोखरामा कालो ब्यानर प्रदर्शन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३


  • नेपाल पत्रकार महासंघको संस्थापक कायम गर्न माग गर्दै पोखरामा कालो ब्यानर प्रदर्शन

    पोखरा । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले कालो व्यानर प्रदर्शन गरेको छ ।
    फोनिज गण्डकी र कास्कीले संयुक्त कार्यक्रम गरी स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरुप केन्द्रीय कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको कार्यालय अगाडि कालो ब्यानर टाँगेको हो ।
    स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघ वि.सं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गरेका थिए ।
    कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, सल्लाहकार हुमबहादुर गुरुङ, फोनिज गण्डकीका अनुशासन समिति संयोजक मिना थापामगर, फोनिज गण्डकी र कास्की कार्यसमितिलगायत फोनिजका सदस्यहरुको उपस्थिती रहेको थियो ।
    फोनिजले विगत लामो समयदेखि यस अभियानमा निरन्तर लागेको उल्लेख गर्दै पत्रकारहरुले आफ्नो छाता संगठनको इतिहास कायम गर्न जिम्मेवार भएर लाग्नुपर्नेमा उपस्थित फोनिजकर्मीहरुले जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend