दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र २९ २०८३


  • दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत

    पोखरा, २९ भदौ । भोटेकोशी बाढी पीडित/प्रभावितहरुलाई राहत एवम पुनर्स्थापनाका लागि तमु धिं नेपालले संचालन गरेको राहत संकलन अभियानमा पोखरा १६ दीप हाउजिङका तमुहरुले साथ दिएकाछन ।
    मुलुकमा बिपदका बेला एकमुष्ठ राहत सहयोग गर्ने तमु धिं नेपालको अभियानमा दीप हाउजिङ समाज तमु परिवारले ३ लाख ४२ हजार ५५ रुपैया राहत रकम हस्तान्तरण गरेको हो। उक्त रकम दीप हाउजिङ व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वरिष्ठ समाजसेवी मेजर हितमान गुरुङ नेतृत्वको तमु परिवारले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई हास्तान्तरण गरिएको थियो।
    राहत रकम हास्तान्तर गर्नुहुदै मेजर हितमान गुरुङले भेटेकोशी बाढीले बिपदको बेला तमु समुदायको मातृ संस्था तमु धिं नेपालले उदाहरणीय अभियान संचालन गरेकाले दीप हाउजिङमा बसोबास गर्ने ४० तमु परिवारबाट सानो राहत रकमसहित हालेमालो गरेको बताउनुभयो। राहत रकम संकलनका लागि दीप हाउजिङका सचिव क्याप्टेन मिनजङ्ग गुरुङको बिशेष भुमिकालाई धन्यवाद दिनुहुदै आगामी दिनमा तमु धिं नेपालसंग अझ निकट रहेर अघि बढ्ने मेजर गुरुङको भनाई थियो।
    राहत रकम ग्रहण गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दीप हाउजिङमा बसोबास गर्ने सम्पुर्ण सहयोगी तमुहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। बिपदको बेला संस्थाहरु एवम नागरिकले पनि सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै तमु धिं नेपालले संकलित एकमुष्ट राहत सहयोग छिट्टै सबै सहयोगीहरुको विवरणसहित हस्तान्तरण गर्ने, दुखमा पनि सुखमा पनि तमु धिं नेपाल साथै रहने प्रतिवद्दता व्यक्त गर्नुभयो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend