भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, कार्तिक १ २०८०


  • भारतीय सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

    काठमाडौँ : भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् ।

    ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका रु पाँच करोड ५२ लाख तीन हजार अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो ।

    भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो । दुवै विद्यालय भवन आजै औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend