सांसद र ‘स्वकीयसचिव’ ले यसपटक पनि दशैं भत्ता नपाउने, राज्यको जोगियो करोडौं रकम


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, कार्तिक २ २०८०


  • सांसद र ‘स्वकीयसचिव’ ले यसपटक पनि दशैं भत्ता नपाउने, राज्यको जोगियो करोडौं रकम

    काठमाडौं : संसद सचिवालयका पदाधिकारी र सांसदहरुले यसपटक पनि दशैं भत्ता नपाउने भएका छन् ।

    सरकारले यसबारे कुनै निर्णय नगरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता यसपटक वितरण नहुने भएको हो । महालेखा परीक्षकको कार्यालयले दशैंभत्तालाई कानुनविपरीत कार्य भन्दै बेरुजु देखाउने गरेको छ ।

    २०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराएको थियो ।

    दोस्रो वर्ष पनि सोहि निर्णयअनुसार संसद सचिवालयका पदाधिकारी, सांसद र उनीहरुका स्वकीय सचिवहरुले दशैं भत्ता पाएका थिए । त्यसपछि दशैंभत्ताबारे चर्को आलोचना भएपछि दशैंभत्ता उपलब्ध गराउने काम रोकिएको हो । यसपटक पनि सरकारले कुनै निर्णय नगरेकाले सांसद् र संसद् सचिवालयका पदाधिकारीले दसैं भत्ता नपाएको स्रोतले जनाएको छ ।

    संसद सचिवालय स्रोतका अनुसार सांसद र उनीहरुका स्वकीय सचिवको खातामा असोज महिनाको तलवभत्ता पठाइसकिएको छ ।

    सभामुख र अध्यक्षले ६७ हजार ३ सय २०, प्रतिनिधिसभामा विपक्षी दलका नेता, उपसभामुख, उपाध्यक्ष, राष्ट्रियसभामा विपक्षी दलका नेता, सत्तापक्षका नेता, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक र संसदीय समितिका सभापतिले ६० हजार ९ सय ७०, दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका सचेतकले ५७ हजार ७ सय ८० तथा सांसदले ५५ हजार २ सय ३० रूपैयाँ पारिश्रमिक पाउँछन् ।

    दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७२ सांसद छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । सांसदका स्वकीयसचिवलाई महिनामा तलबका लागि एक करोड ४० लाख रूपैयाँभन्दा बढी तलवभत्ता खर्च हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend