एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०


  • एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    काठमाडौँ : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि यहाँ सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गर्नुभयो ।

    “नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा जलविद्युतमा लगानीको प्रशस्त सम्भावना छ । त्यसैले जलविद्युत्मा  ढुक्कसँग लगानी गर्नुस् । सहजिकरणका लागि सरकार प्रतिबद्ध छ ।”

    सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने भन्दै उहाँले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले विदेशी लगानी आकर्षण गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनेमा विश्वास दिलाउनुभयो ।

    उहाँले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताउनुभयो । सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको अर्थमन्त्रीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend