प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, पौस ३ २०८०


  • प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत
    कटारी : अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उहाँले उल्लेख गर्नुभयो ।
    उदयपुरको कटारी नगरपालिकामा आज स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएका बताउनुभयो । मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उहाँले राष्ट बैंकसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताउनुभयो ।
    “नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला पैmलाउने काम गरिएको छ”, मन्त्री महतले भन्नुभयो । गाउँमा पूर्वाधार विकासमा जोड दिएकाले सहज परिस्थिति निर्माण भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच प्राथमिकताअनुसार साथ लगानी गरिरहेका छौँ ।”
    कोशी प्रदेशका प्रदेशसभा सदस्य रामकुमार खत्रीले सिरहाको मिर्चैयादेखि कटारी, घुर्मी सडकखण्ड जीर्ण भएको र वर्षौसम्म काम हुन नसकेकाले यसको निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । “यो बाटो सरकारको नजरमा नपर्दा जनताले धेरै दुःख पाएका छन्”, उहाँले भन्नुभयो ।
    कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त सडकका लागि पर्याप्त बजेट विनियोजन गरी यसको स्तरोन्नति गर्नुपर्ने माग राख्दै मन्त्री महतलाई ज्ञापनपत्र बुझाउनुभयो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend