बसाइँ सरेकालाई गाउँ फर्काउन डिठ्ठा गाउँमा होमस्टे


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२


  • बसाइँ सरेकालाई गाउँ फर्काउन डिठ्ठा गाउँमा होमस्टे

    बेलायती राजकुमार चाल्र्स बास बसेको डिठ्ठा गाउँमा होमस्टे

    कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँर्मा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो ।
    होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्याटन गरे । पोखराको पृथ्वीचोक, बिजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउमा बास बसेका थिए । यहाँबाट मनोरम अन्नपूर्ण हिमश्रृङ्खला र पोखरा तर्फको मनोरम दृष्य देख्न सकिन्छ ।

    सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थाले पछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ । ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउछन् । अहिले भने गाउँमा पुग्ने अधिकांस सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ ।
    अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे संचालन गर्न लागिएको अगुवन क्याप्टेन तेजबहदुर गुरुङ बताउछन् । होमस्टे संचालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ र्। गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे संचालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे संचालन गर्न गइरहेका छौँ, उनले भने ।
    ५ घरबाट होमस्टे सुरुवात गरिएको छ । एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुङ्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उदेश्यले होमस्टे संचालनमा ल्याइएको हो ।


    होमस्टेको उद्याटन गदैँ मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उनले भने ।
    होमस्टे उद्याटन कार्यक्रममा बोल्दै रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादनर संस्कृती प्रवद्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रुपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लुङ्कोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लुङ्कोटका समस्या र सम्भावना वारे भनाई राखेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend