वर्षा पूर्वतिर सर्दै, चट्याङबाट सतर्क रहन आग्रह


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२


  • वर्षा पूर्वतिर सर्दै, चट्याङबाट सतर्क रहन आग्रह

    नेपालमा चट्याङ सहित पानी परिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी परिरहेको महाशाखाले जनाएको हो ।

    सो वर्षा केही समयपछि पूर्वतिर लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र सर्दै जाने महाशाखाले उल्लेख गरेको छ । सो अनुसार सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

    महाशाखाले अबको दुई दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्नु किसानलाई सुझाइएको छ । मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताएका हुन । मुसुरो, गहुँ लगायत हिउँदे बाली अहिले नकाट्न अनुरोध गरेका हुन् ।

    पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्ने, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिने, काटिसकेको भए अग्लोरउकास ठाउँ अथवा सेडभित्र सुकाउने, काट्नुपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन सुझाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend