श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत अनुराधा पाण्डेयको विदाई


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२


  • श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि देवी प्रतिभा जी को स्वागत अनुराधा पाण्डेयको विदाई

     

    पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।
    बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैविच उनको कथा प्रवचन भोलि समापन हुदै छ । अनुराधा पाण्डेयलाई भोलि यस कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।
    संगसंगै भोलि नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन हुदै छ । भोली देवी प्रतिभालाई पोखरामा स्वागत गर्ने कार्यक्रम रहेको छ । देवी प्रतिभा काठमाडौं आइसक्नुभएको भोलि बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।

    यता यथास्थानमा भोलि बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । त्यस्तै दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
    भोलि देवी प्रतिभा जीलाई स्वागत गर्नको लागि सम्पूर्ण पोखराबासीहरुलाई आयेजकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend