युनाईटेड क्लब पोखराको १५ औं वार्षिकोत्सव सम्पन्न


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२


  • युनाईटेड क्लब पोखराको १५ औं वार्षिकोत्सव सम्पन्न

    पोखरा ।

    सामाजिक काममा अग्रणी युनाईटेड क्लब पोखराकोे १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आएको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको हो ।

    वार्षिकोत्सवको अवसर पारी नयाँ वर्ष २०८२ को पहिलो दिन वैशाख १ गते पोखरा बृद्धाश्रममा खाद्यान्न सामाग्री वितरण गरेको थियोभने वैशाख ५ गते क्लब परिसरमा बृहत रक्तदानको आयोजना गरेको थियो । आइतबार गरिएको १५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रशंसा गरे । युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापित युनाईटेड क्लबले आफ्नो स्लोगन अनुसारको काम गरको र अन्य सामाजिक संस्थाले युनाईटेडको अनुशरण गरेमा सामाजिक कामबाट राष्ट्रलाई सहयोग पुग्ने बताए ।

    भर्खरै सम्पन्न १३ औं संस्करणको पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्न पाएको बताउदै लम्सालले आफु पोखरा बाहिर रहेतापनि युनाईटेड क्लबको पोखरा महोत्सव र महोत्सवबाट हुने आम्दानीले गर्ने सामाजिक कामलाई हेर्ने र जहाँ रहेतापनि युनाईटेड क्लबको अनुसरण गर्न अन्य संघ संस्थालाई अभिप्ररित गराउने समेत प्रतिवद्धता ब्यक्त गरे ।

    सो अवसरमा वोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब १५ औं वर्ष सम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माण, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको र आगामी दिनमा आफ्नै छात्राबास निर्माण गरी शिक्षा क्षेत्रमा बृहत रुपमा काम गर्ने बताए । शिक्षामा काम गरिरहदा अन्य क्षेत्रमा समेत क्लबले काम गर्ने उनको भनाइ रहेको थियो ।

    त्यस्तै युनाईटेड क्लबका पूर्व अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लबले १५ वर्ष सम्म गरेको कामबाट धेरै भन्दा धेरै मानिसहरु लाभान्वित भइसकेको बताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    सो अवसरमा वोल्दै १३ औं पोखरा महोत्सवका प्रायोजक स्टरसिड टेक्नोलोजिका चन्द्र बहादुर थापाले युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गर्नकै लागि आफ्नो संस्थाले सहकार्य गरेको बताउदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

    आजीवन सदस्यको तर्फबाट बोल्दै दीपक कार्कीले युनाईटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी सामाजिक कामबाट आफुहरु प्रभावित बनेर क्लबको आजीवन सदस्य लिन आफुतयार रहेको बताउदै युनाईटेड क्लबले आयोजना गर्ने विभिन्न सामाजिक गतिविधीमा संलग्न हुने प्रतिवद्धता ब्यक्त गरे ।

    युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले वार्षिकोत्सवको अवसर पारी आगामी जेष्ठ महिनामा दुरदराजमा रहेको ग्रामीण भेगमा बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए ।

    क्लबका महासचिव दिनेस सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend