प्रविन मगर
पोखरा। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बस्ने भएको छ । बोर्डको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरु शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेर प्रदर्शन गरिरहेका छन् ।
सरकार र महासंघबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।