श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२


  • श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

    पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं। १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् ।

    “यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुने छ । म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन् ।” उनले थपे –“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञले हामी अत्यन्तै खुशी छौं । यो बेला साथ र सहयोग नगरे हामी सबैको लागि ठूलो भुल हुने छ ।”त्यस्तै उनले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष लाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने पनि बताएका छन् ।

    कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यू ले कथा प्रवचन गरिरहेकी छन् त्यस्तै सुप्रिया किशोरी लगायत व्यक्तिहरुले प्रवचन गरिरहेका छन् । पछिल्लो समय भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिदै छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend