आज गायिका समीक्षा अधिकारी कोटिहोम विराट ज्ञान महायज्ञमा आउँदै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२


  • आज गायिका समीक्षा अधिकारी कोटिहोम विराट ज्ञान महायज्ञमा आउँदै

    पोखरा, २५ वैशाख । कोटिहोममा आज शुक्रवार चर्चित गायिका पोखरेली चेली समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने भएको छ । कोटिहोम विराट ज्ञान महायज्ञमा साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटीको पनि सहभागिता रहने छ।
    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै गएको छ ।

    महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ । जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सहयोग गर्नेले आर्थिक, आर्थिक नसक्नेले महायज्ञ परिसरमा चाहिने दैनिक सामाग्री पनि सहयोग गर्ने सक्ने व्यवस्था कोटिहोममा मिलाईएको छ ।

    बिहीबार पनि कोटिहोममा दान गर्ने भक्तजनको सङ्ख्या उल्लेख्य रहेको थियो । कोटिहोममा देशभरका जिल्लाबाट विभिन्न सङ्घ संस्था, आमा समूह व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ ।

    यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकार पूर्व मन्त्री पञ्चराम गुरुङले ५१ हजार, पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले २५ हजार २५ दान गरेको आयोजकले जनाएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री पञ्चराम गुरुङले पोखरा जारी कोटिहोम तपो भूमि र देवभूमिको रूपमा रहेको बताएका छन् ।

    महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीले हरेक तनावका बीचमा पनि ऐतिहासिक कोटिहोम गरेर सफलता हात पारेको उनको भनाई थियो ।

    ‘आफ्नो जीवन बुद्धिमानपूर्वक जिउछ उ व्यक्ति मृत्यु सँग कहिल्यै पनि डराउँदैन । यस्तो व्यक्ति हो वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ति महाराज’ उनले भने, ‘विभिन्न आरोप प्रति आरोप कष्ट पार गर्दै विशाल महायज्ञ गर्न सफल हुनु भयो यहाँ प्रति हामी आभारी छौ ।’

    उनले शास्त्र हराए संस्कार हराउने, संस्कार हराए परम्परा हराउने र परम्परा हराए हामी नै हराउने स्थिति सृजना हुने बताउँदै तपाई हामी मिलेर नै यो देशलाई हिन्दु राष्ट्र बनाउनु पर्ने तर्क गरे । उनले महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरे ।

    कोटिहोममा बिहीवार नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेल प्रदेश सभाका सदस्य सुनिता थापा विशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला शिव शङ्कर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका, एनआरएन उत्तर–दक्षिण अमेरिका क्षेत्रका उपसंयोजक विश्व बास्तोला लागयतको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend