लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२


  • लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
    पोखरा, २८ वैशाख । लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने रहनुुभएको छ ।समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहनुुभएको छ ।
    अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
    यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने बताउनुुभयो ।
    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरका साथै यहाँका संघसंस्थाबीच सहकार्य र एकता राम्रो रहेको भन्दै प्रशंसा गर्नुभयो ।
    मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गर्नुुभएको थियो ।कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशिल महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोल्नुुभएको थियो ।
    कार्यक्रममा मञ्चको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ, पुरस्कार अक्षयकोषदाता पोखरा ३० का शेरबहादुर गुरुङ, सहयोगदाता पोखरा ३२ का बुद्धिमान गुुरुङ, पोखरा २९ आदर्श हार्डवेयरका सञ्चालक विजय गुुरुङ, र पोखरा २६ का नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछाने लाई सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend