घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको अध्यक्षमा बैरागी निर्वाचित


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२


  • घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको अध्यक्षमा बैरागी निर्वाचित

    पोखरा,२८ वैशाख । घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल९बैरागी० निर्वाचित हुनुभएको छ ।
    समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।

    अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ निर्वाचित हुनुभयो ।

    यसैगरी सदस्यहरुमा दुर्गाबहादुर गुरुङ,इन्द्रशोभा पौडेल, चुडामोहन लम्साल,सोमनाथ लम्साल, कृष्ण प्रसाद दवाडी,भोजबहादुर नेपाली, निरु लम्साल र लेखबहादुर केसी रहनुभएको छ ।
    यसैगरी न्यायिक समितिको संयोजकमा विष्णुप्रसाद पोखरेल तथा सदस्यहरुमा यामबहादुर जिसी, शंकर कार्की,शिवप्रसाद पोखरेल र सुवास लम्साल चयन हुनुभयो । अधिवेशन सम्पन गर्नका लागि मीन प्रसाद लम्साल, मीनराज लम्साल र महेश्वर पौडेल रहनुभएको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।
    यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य दामोदर बैरागीले समाजले घाचोक र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सो अवसरमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्रे वडा नं ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं १ का वडाध्यक्ष इन्द्र गुरुङ लगायतले समाज गठनको थोरै समयमा समेत संस्था दर्ता देखी धेरै रचनात्मक कार्य गर्न समाज सफल भएको बताउनुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष तोयनाथ बैरागीले घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्धेश्यले समाज गठन गरिएको बताउनुभयो । उहाँले संस्थाले वार्षिक कार्यक्रम बनाएर आफ्ना गतिविधिहरु अघि बढाउने बताउनुभयो ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend