गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, जेष्ठ नागरिकहरुको चौरासी पूजा


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, बैशाख २९ २०८२


  • गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, जेष्ठ नागरिकहरुको चौरासी पूजा

     

    कास्की,पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ । महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ ।
    त्यसैगरी, १०० जना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देल, बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शेर्मा रहेका थिए। महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिन्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए। “धर्म भनेको जीवनशैली हो, यसलाई शक्ति, पद र स्वार्थको हतियार बनाउनु दुर्भाग्यपूर्ण हो,” लिन्देलले भने।

    कोटिहोममा प्रतिनिधी सभा संघीय संसद अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिका सभापति तथा संस्कृत भाषामा सपथ लिने एकमात्र सांसद किरण कुमार शाहको पनि उपस्थिति रहेको थियो। उनले धार्मिक शिक्षा र संस्कारको प्रवर्द्धनमा यस्तो यज्ञले सकारात्मक भूमिका खेलेको बताउँदै महिलाहरूको समेत सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरिन्।
    यसैक्रममा, गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारिन्।
    कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जीले समेत जानकारी दिएका छन्।

    श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं। दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन सुरु गरेका छन्। उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ।

    नियमित हुने रक्तदान कार्यक्रममा सोमबार २८ यूनिट संकलन भएको छ भने आज सम्म जम्मा २७५ यूनिट रगत संकलन भएको छ। आजका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देलले पनि रक्तदान गरेका छन्। कोटिहोम आउने भक्तजनले आफू सक्ने सहयोग गर्ने व्यवस्था भएकोले केही न केही सहयोग गरौँ भन्ने भावनालाई जागृत गर्न रक्तदान कार्यक्रम राखिएको मानब सेवा फाउण्डेशनका प्रचार(प्रसार संयोजक लेखाराज ढकालले जनाएको छ । संयोजक ढकालका अनुसार आज मात्रै करिब २० हजार भक्तजनको सहभागिता भएको समेत जानकारी दिएका छन्।

    महायज्ञमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारत लगायत अन्य देशबाट समेत हजारौँ श्रद्धालुहरूको उपस्थित रहेको छ। महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन भएको थियो । यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले उपस्थिति रहेको थियो।
    विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend