गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२


  • गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

    पोखरा। सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी।सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।
    समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
    ‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पु¥याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय छ । आगामी दिनमा पनि निरन्तर चलचित्र पत्रकारिताको अपेक्षासहित तपाईंको योगदानको कदर स्वरूप १६औं प्रिज्मा डी।सिने अवार्डका अवसरमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ’, सम्मान पत्रमा भनिएको छ ।
    मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारीका एक दर्जन जति गीत श्रोतारदर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् । मिलाप मासिक र अनलाइनकी कार्यकारीसमेत रहनुभएकी अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।
    पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
    प्रिज्मा डी।सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई उहाँहरूले यस क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो । यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend