‘लिङ्गो जुधाउने’ अनौठो परम्परा


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२


  • ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।

    मङ्गलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।

    पुर्ख्यौली सोरठी भाका र नाचका साथै पञ्चैबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए । मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गङ्गो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेका वडाध्यक्ष गर्बुजाले बताए ।

    मङ्गलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा सिङ्गारिएका अग्ला बाँस जुधाइन्छ । प्रकृति पूजाका रूपमा मगर समुदायले भूमेपूजालाई महत्व दिँदै आएका छन् । दग्नामवासीले हरेक वर्ष जेठको पहिलो वा दोस्रो मङ्गलवारका दिन बाढीपहिरो र प्राकृतिक प्रकोपबाट बाली जोगियोस् भन्ने कामनाका साथ भूमेपूजा गर्दै आएका छन् ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend