‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठ २७ देखि सुरु हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०८२


  • ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जेठ २७ देखि सुरु हुने

    प्रविन मगर पोखरा । नेपाल स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ । आगामी जेठ २७ गतेदेखि पोखरामा सुरु हुने भएको हो । प्रतियोगिता पोखरा रंगशाला कर्बड हलमा जेठ ३१ गतेसम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

    प्रतियोगिता नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा आयोजना हुन लागेको हो । प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोग रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिमहरू सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम, र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समावेश छन् । प्रत्येक टिममा तीन जना विदेशी खेलाडी खेल्न पाउने भनिउको छ ।
    विजेता टिमले रु ६ लाख, उपविजेताले रु ३ लाख, र तेस्रो हुने टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

    एकेडेमीका अध्यक्ष दीपक कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको स्तरीय प्रतियोगितामार्फत खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । उनले भने, महिला भलिबल मात्र नभई पुरुष भलिबल पनि यही माघ फागुन सम्म प्रतियोगिता गर्ने उनले जानकारी समेत गराए ।प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन गरिनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend