कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२


  • कोटिहोममा आज सन्त, महन्त, जनप्रतिनिधि कर्मचारी आउँदै, भोलि २१ करोड दिप प्रज्वलन

     

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् ।कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    कोटिहोममा चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता पुन मगर (सरु माता), भारतबाट प्रसिद्ध सन्त आलोक जी महाराजको समूह, नेपालकै कान्छी भागवत वाचीका अनुराधा पाण्डे, अमेरिकाबाट श्री सत्यदेव महाराज, अछाम वैद्यनाथ धाम गुरुकुलका प्राचार्य देवराज उपाध्याय गुरुदेवको आगमन हुने भएको छ ।

    कोटिहोममा कथा व्यास समाज, नेपालका उपाध्यक्ष एवं चर्चित कथा व्यास परमादरणीय बालकृष्ण अर्याल, प्रख्यात पण्डित एवं कथा वाचक भुवन घिमिरे गुरु, श्रीमद्भागवत कथा वाचीका सुधा अच्युत प्रियाको आगमन हुने ढकालले जानकारी दिए ।

    त्यसै गरी  विश्वकर्मा समाज राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष, विश्व हिन्दु महासङ्घका शिल्पी समुदाय समन्वय विभागका विभागीय प्रमुख, विश्वकर्मा सङ्ग्रहालयका अध्यक्ष एवं परिकल्पनाकार गणेश बरायली, वरिष्ठ अधिवक्ता तथा सामाजिक एवं धार्मिक अभियन्ता स्वागत नेपाल पनि कोटिहोम दर्शन गर्न आउने कार्यक्रम रहेको छ ।

    त्यसै गरी धुर्कोट गाउँपालिका बाट कोटिहोम दर्शन गर्नका लागि सिङ्गै टिम नै आउने भएका छन् । अध्यक्ष भूपाल पोखरेल, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष ज्यू एवं अन्य विशिष्ट राजनीतिकर्मी, धर्म प्रेमी, शिक्षाकर्मी, समाजसेवी व्यक्तित्वहरूको आज कोटिहोममा आगमन हुदै छ ।

    कोटिहोममा आज नै युवा सञ्चारकर्मी सागर न्यौपाने, अछाम प्रभाधामकोट विद्यालयका प्रधानाध्यापक जोगराज कुँवर, चर्चित गायक कमल खत्री, चर्चित गायिका आदरणीय मेलिना मैनाली ज्यूको आगमन हुदै छ ।

    त्यसै गरी कोटिहोममा स्याङ्जा जिल्लाबाट भूमि दान गर्न शेर जङ अधिकारी आगमन हुने भएको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको संयोजक ढकालले जानकारी दिए । यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ ।

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन् ।

    कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।

    कोटिहोममा जेठ २४ गते २१ करोड दीप (ज्योति) प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । यति ठुलो दीप प्रज्वलन कार्यक्रममा आ–आफ्नो घरबाट ज्योति ल्याएर दीप प्रज्वलनमा सहभागी हुन सम्पूर्ण भक्तजनलाई मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । उनका अनुसार जेठ २४ बिहान १० बजे ज्योति भिजाउने र बेलुका ६ बजे बाल्ने तयारी रहेको छ ।कोटिहोममा एक सय कुण्डमा प्रयोग भएका इँटा लैजान चाहनेले सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

    कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

    साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend