पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिकले मैत्रिपूर्ण फुटसलको आयोजना गरि हिमाल फुड फेष्ट–२०८२ को सुरुवाती गरेको छ । हिमाल फुड फेष्ट–२०८२ को सुरुवाती कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिका शिक्षक बिच मैत्रिपूर्ण फुटसल खेल भएको हो ।
स्पोर्टस क्यासलमा आज भएको खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले एकेडेमिकलाई पराजित गदै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिजयी भएको हो ।
कार्यक्रममा एकेडेमिका अध्यक्ष चेतनाथ भण्डारीले हिमाल फुड फेष्ट–२०८२ पूर्वसन्ध्यामा आयोजना गरेको फुटसलले एक आपसमा पत्रकार र शिक्षक बिचको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने र खेलकुदले हामी सबैलाई स्वस्थ्य र अनुसाशित हुन प्रेरित गर्ने व्यक्त गरेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबि आस्था मगर मायाको चिनो ग्रहण गर्दै

त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्ककीका अध्यक्ष एमबि आस्था मगरले पत्रकार र शिक्षकहरु बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता गरेकोमा हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिकलाई धन्यवाद दिदै आगमी कार्यक्रमहरु लगाएत हिमाल फुड फेष्ट–२०८२ लाई नेपाल खेलकुद पत्रकार मञ्चले सहयोग गर्ने बताए । दोहोरो सहयोगको अपेृक्षा राख्दै मञ्चको तर्फबाट के कसरी सहयोग गर्नपर्छ हरेक गतिबिधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
फुड फेष्ट–२०८२ असारको पहिलो हप्ता गर्ने गरि तय भएको छ । सो कार्यक्रम प्रतियोगिता संयोजक शिशिर ज्ञवालीले संचालन गरेका थिए ।