मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२


  • मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

     

    पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    ढकालका अनुसार अहिले सम्म अहिले सम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन्। कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका छन ।

    पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं। ३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।

    यसै गरी सित गङ्गा नगरपालिका वडा नं। ३ अर्घाखाँची कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम,  रामप्रसाद वेलवासेले २ रोपनी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

    भिरकोट नगर पालिका वडा नं। २ स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी, वेलकोट गढी नगरपालिका वडा नं। २ नुवाकोटका पार्वती भट्ट न्यौपाने पशुपति कोटिहोममा ४ आना र गण्डकी कोटिहोममा ४ आना गरी ८ आना, पथरी शनिश्चरे नगर पालिका वडा नं। ३ मोरङका छत्रमान श्रेष्ठ बाट ३ कठ्ठा लालवन्दी नगर पालिका वडा नं। १ सर्लाहीका राजकिसोर चौधरीले ५ धुर जग्गा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

    त्यस्तै अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

    वेलगाडी नगरपालिका वडा नं। २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    यसै गरी मानव सेवा फाउन्डेसनलाई पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ पस्याड्ड निवासी गङ्गा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको व्यवस्थापक थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । फाउन्डेसनलाई आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।

    पोखरामा जारी कोटिहोममा पनि  जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौँ सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

    यज्ञको पूर्णाहुतिसँगै आज देखि तिलक र भष्म विरतण गरिने कार्यक्रम रहेको छ । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि वुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् ।

    भागवत मञ्जरी दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend