कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै 


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०८२


  • कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै 

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महाआरती हुने भएको छ ।महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुदैछ। कोटिहोममा आज बेलुका महाआरती भएको हुँदा सम्पूर्ण भक्तजनलाई सहभागी जनाउन आग्रह गरिएको छ ।

    यसै गरी आज नै कोटिहाममा भजन प्रस्तुत गर्नका लागि चर्चित लोकदोहोरी गायक राजु परियार र लोक दोहोरी गायक सम्झना भण्डारी आउने संयोजक ढकालले जानकारी दिए । यसै गरी आज  देखि नै विभूति ९भष्म०, तिलक र प्रसाद वितरण गरिने भएको छ । त्यसै गरी हवन कुण्डमा रहेका  इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।त्यसै गरी आज नै राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई आज पुरस्कार वितरण गरिने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

    प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५  हेमजा प्रथम, माछापुच्छे सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।

    त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

    त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका थिए ।

    प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितामा विभिन्न विधामा पुरस्कृत समूहलाई २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कारको व्यवस्था छ । त्यस अवसरमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहको प्रस्तुति समेत रहने छ ।

    भागवत मञ्जरी राधिका दासीले ३१ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोमको विधिवत समापन भने भोलि हुने छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend