प्रबिन मगर पोखरा । पोखरामा शनिबार सम्पन्न भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।पोखरा रंगशालाको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै शसस्त्र प्रहरी बलको एपिएफले उपाधि जितेको हो ।
एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा जितेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
यही जेठ २७ गते देखि सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए थियो। प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।