टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा बस्नेतलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। विद्युतीय कसुरको आरोपमा बस्नेत पक्राउ परेकी थिइन्।
उनी खोटाङको हलेसी तुवाचुङ नगरपालिका(६ घर भएर भक्तपुरमा बस्दै आएकी थिइन् र असार १ गते पक्राउ परेकी हुन्।
बुधवार काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनको म्याद दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।