पोखरा।
अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई ६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् । प्रहरीले उनीहरुको साथबाट सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७ ग्राम पथ्थर बरामद गरेको छ ।