‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनीको तयारी


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असार ९ २०८२


  • ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनीको तयारी

    पोखरा, ९ असार ।
    नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ ।पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो ।

    प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले सुनाए । पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र कला प्रदर्शनमा पनि यो कार्यक्रमले सघाउने उनको भनाइ थियो ।

    फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले गर्न लागेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनी महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend