गण्डकीको मगर लेखक संघको सदस्यमा बागलुङकी रुयासा मगर निर्वाचित


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२


  • गण्डकीको मगर लेखक संघको सदस्यमा बागलुङकी रुयासा मगर निर्वाचित

    असार १३, बागलुङ
    नेपाल मगर संघको भातृ सगठन नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशन तनहुँको भिमाद नगरपालिका ६, मालेबगर स्थिति गणेश एकेडेमीमा सम्पन्न भएको छ । सो अधिवेशनको उद्घाटन समारोहमा गण्डकी प्रदेस सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तथा प्रदेश सभासद माननिय जित प्रकाश आले मगरले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । सो मगर लेखक संघको दोश्रो अधिवेशनले खड्क पामी आले मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ गण्डकी प्रदेश कार्यसमिति गठन गरेको छ । लेखक संघको उपाध्यक्षमा दिपक सिंजाली मगर ( स्याङजा) सचिव भोज विवश खण्डलुक मगर( नवलपुर), सह सचिव पुनम थापा मगर(पर्वत) , सदस्य थमनसिंह राना मगर ( तनहुँ), रुयासा थापा मगर (बागलुङ), लेख बहादुर आले मगर (स्याङजा),सदस्य याम बहादुर थापा मगर्र दिनेश’ (नवलपुर ) सर्वसम्मत निर्वाचित भएका छन् । बाँकी दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पामी आले मगरले जानकारी दिए । बागलुङ जिल्लाबाट युवा विद्यार्थी बागलुङ नगरपालिका १० भकुण्डे, धौलेचउर स्थायी ठेगानामा निवासी रुयासा थापा मगर गण्डकी प्रदेश सदस्यमा निर्वाचित एक्लो रुपमा हुनु भएको छ । नवनिर्वाचित सदस्यले विविएस तेश्रो वर्षमा अध्ययनरत रहेकी छिन । आफुले सिक्दै लेख्दै र सामाजिक संघ सस्थामा नेतृत्व गर्ने व्यक्तित्व निर्माणमा लाग्ने बताइन । लेख्ने बानी भएका साथीहरुलाई आबद्ध गर्दै अगाडी बढने सोच रहेको समेत जानकारी दिईन ।


    उद्घाटन कार्यक्रममा मगर भाषाका पुराना प्रयोगमा आउने शब्दहरु हराउँदै गएकोेले लेखकहरुले पुस्तकमा दस्तावेजीकरण गर्नुपर्ने बताउनुभयो । लेखन, सृजना गर्ने काम गाह्रो भएपनि उसले मरेर गएपछि छोडेर जाने कृतिले अमरत्व प्रदान हुने कामा साहित्य,कलाको हातहरुले हुने समेत जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा नेपाल मगर लेखक संघ केन्द्रिय समितिका सचिव रुद्र श्रीस मगर, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य बेलमाया आले मगर, भिमाद नगरपालिका वडा नं. ४ र ६ का वडाध्यक्षद्धय रामकृष्ण राना मगर र श्यामसुन्दर जोशी, सेतीकाली साहित्य संगम भिमाद तनहुँका अध्यक्ष नारायण कैलाश सिग्देल, गणेश एकेडेमीका प्रिन्सिपल मन बहादुर थापा मगर लगायतका मन्तब्य दिएका थिए । त्यसैगरि बागलुङका संयोजक याम बहादुर थापा मगर , तनहुँ जिल्लाका अध्यक्ष यमलाल मगर, स्याङजा जिल्लाका अध्यक्ष जिवी राना मगर , तनहुँ जिल्ला सचिव सम्भुसिंह थापा मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रमको संचालन सह सचिव दिपक सिंजाली, स्वागत मन्तव्य खडक आले मगर र अध्यक्ष धिरदे्र थापा मगर किसानीले गर्नु भएको थियो । नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको कार्यक्रम,तालिम,बैठक,गोष्ठी, दिवस मनाउने कार्यक्रमहरु घुम्ती रुपमा मगर घना बस्तीहरु भएको स्थानहरुमा गर्ने योजना रहेको जानकारी प्राप्त भएको छ । आगामी कार्यक्रमरु बागलुङ,म्याग्दी,कास्की,स्याङजा, तनहुँ,गोरखा, नवलपुर जिल्लामा केन्द्रित रहने र लेखनशीप तालिम, रैथाने सस्कार र लेखन विकासलाई प्रवद्र्धन गर्ने कार्यक्रम रहेका नवनिर्वाचित अध्यक्षले बताउनुभयो ।
    नेपाल मगर संघ केन्द्रिय समितिको भातृसंगठनहरुमा नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल मगर लेखक संघ, नेपाल पत्रकार संघ, नेपाल मगर युवा संघ, नेपाल प्राज्ञीक संघ ,नेपाल कलाकार संघहरु मगर उत्थान र विकासमा क्रियाशिल रहेका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend