तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२


  • तमु धिं नेपाल मादी गाउपालिका अध्यक्षमा याङ्जाकोटका इन्द्रबहादुर गुरुङ

    पोखरा, १५ साउन

    तमु धिं नेपाल मादी गाँउपालिका भेला तथा भाषिक अधिकार समबन्धी अन्तरक्रिया कार्यक्रम बिहिवार मादी ३ याङ्जाकोटस्थित गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ।
    भेलाले मादी ३ याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
    उपाध्यक्षहरुमा मादी ६ का नारायण गुरुङ , मादी १२ का चित्रबहादुर गुरुङ , मादी २ कि अनुराधा गुरुङ, सचिवमा मादी १ का टिकाराम गुरुङ, सहसचिव मादी ३ का हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा वडा ५ का क्याप्टेन प्रेमबहादुर गुरुङ, सहकोषाध्यक्षमा वडा नं १० का बेदबहादुर गुरुङ चयन हुनुभएको छ।
    यसरी नै सदस्यहरुमा मादी १ बाट ननसुब्बा गुरुङ र दिलमाया गुरुङ, मादी २ बाट सकुन्तला गुरुङ, मादी ३ सबिना गुरुङ र खरमाया गुरुङ, मादी ५ बाट नरबहादुर गुरुङ र किरन गुरुङ, मादी ९ बाट बिष्णुभक्त गुरुङ, मादी ११ रिदान गुरुङ र मादी १२ बाट शोभा गुरुङ चयन हुनुभएकोछ। यसरी नै मादी २ बाट मोतिप्रसाद गुरुङ र ७ बाट चन्द्रबहादुर गुरुङ सल्लाहकारमस मनोनयन हुनुभएको छ।
    नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो। निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथी मादी गाउपालिका अध्यक्ष देविजंग गुरुङ, विशेष अतिथी गाउपालिका उपाध्यक्ष कल्पना गुरुङ लागायतले फेटा, भाङ्रा, खादा टिकाले बधाई ज्ञापन गरिएको थियो। नवनिर्वाचित अध्यक्ष इन्द्र बहादुर गुरुङले पाएको जिम्मेवारी कुशलता पुर्वक तमुहरुलाई एकताबद्द र अधिकार प्राप्तिको लागि जुट्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो।
    अधिकांश गुरुङ भाषाकै प्रयोग गरिएको कार्यक्रमको उदघाटन गर्नुहुदै प्रमुख अतिथी मादी गाउपालिका अध्यक्ष देविजंग गुरुङले शुभकामना दिनुहुदै तमु समुदायको अधिक बसोबास रहेको मादीको तमुहरुको पहिचान, हित र अधिकार प्रयोगको लागि पालिका कृयाशील रहेको बताउनुभयो। तमुहरुको महत्वपुर्ण कार्यक्रमले मादीको सबै तमुहरु लगायत पालिकालाई उत्साहित गरेको भन्दै आगामीदिनमा सहकार्य गरि अघि बढ्ने बताउनु भयो।
    विशेष अतिथी पालिका उपाध्यक्ष कल्पना गुरुङले तमुहरुको एकता, तमु समुदायको हितमा पालिकाको नीति कार्यक्रम र सर्बोपरी हितका लागि पालिका र आफू सधै सहयोग गर्नतयार रहेको बताउनु भयो।
    कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देविजंग गुरुङ, ७ का अध्यक्ष दुर्गाबहादुर गुरुङ , ९ नं वडाध्यक्ष मनोज गुरुङ, तमु धि कास्की अध्यक्ष प्रेम बहादुर गुरुङ , याङ्जाकोट तमु समाजका अध्यक्ष जेमप्रसाद गुरुङ, केन्द्रिय आमा समिती अध्यक्ष पबित्रदेवी गुरुङ, केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङले शुभकामना ब्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा तमु जातिको भाषिक र सामुदायिक अधिकारबारे तमु धि नेपालका महासचिव अधिवक्ता जुना कुमारी गुरुङ र केन्द्रिय सदस्य एवम सास्कृतिक बिभाग संयोजक कृष्ण कुमार गुरुङले बिषय प्रस्तुत गर्नुभएको थियो।
    मादी गाउपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, स्वागत द्वितीय उपाध्यक्ष नारायण गुरुङले , पहिलो सत्रको संचालन महासचिव जुना गुरुङ र दोश्रो सत्र संचालन केन्द्रिय सदस्य श्रीजंग गुरुङले गर्नुभएको थियो। सहयोगका लागि मादी गाउपालिकालाई तमु धिं नेपालले धन्यवादसहित सम्मान गरिएको थियो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend