सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, साउन २२ २०८२


  • सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेकोमा एनआरएन अष्ट्रियाको आपत्ति

    प्रविन मगर ।
    अष्ट्रिया । अष्ट्रियामा भइरहेका सामाजिक गतिविधिबारे एनआरएन अष्ट्रियाले फेसबुक मार्फत भ्रामक सूचनाहरू प्रसारण गरिएकोमा आपत्ति जनाएको छ । केही समयअघि देखी “एनआरएन एनसिसि अष्ट्रिया ” नामक फेसबुक मार्फत भ्रामक सूचनाहरू प्रसारण गरिएकोमा आपत्ति जनाएको हो । साथै, बिभिन्न व्यक्ति र संस्थाका नाममा सञ्चालित फेसबुक अकाउन्टबाट अष्ट्रियामा बसोबास गर्ने नेपाली समुदायलाई धम्की पुर्ण भाषा प्रयोग गरी भ्रममा पार्ने कार्य गरिएको र मिस सिस्टमको स्मार्ट एनआरएन एप्स मार्फत सदस्यता लिन प्रेरित गरेको पाइएको छ ।

     

    हामी स्पष्ट गर्न चाहन्छौं कि, धम्क्याएर वा भ्रममा पारेर सदस्यता दिलाउनु पूर्ण रूपमा गलत, गैरजिम्मेवार र अनुचित कार्य हो। यस सम्बन्धमा, हाम्रो निर्वाचन समिति अष्ट्रियन प्रहरीसँग पनि सम्पर्कमा भएको एनआरएन अष्ट्रियाले बताएको छ । एनआरएन अष्ट्रियामा कानूनीरूपमा दर्ता भइ निर्वाचित कार्यसमितिद्वारा नै यो निर्वाचन समिति गठन गर्न लागिएको हो। भ्रामक प्रचारप्रसार गर्ने फेसबुक , टिकटक, इन्स्टाग्राम प्रति सर्तक रहन र भ्रामक फैलाउने अकाउन्टहरूलाई सम्बन्धित निकायहरूमा रिपोर्ट गरी कार्बाही गर्ने निर्वाचन समिति अष्ट्रियाका निर्वाचन प्रमुख प्रभाकर घलेले बताउनु भएको छ ।

    एनआरएन अष्ट्रियाले भनेको छ–कुनै पनि भ्रममा नपरी आगामी १३ सेप्टेम्बर २०२५ मा हुन गइरहेको महाधिवेशनमा सक्रिय रूपमा सहभागी बनौं। दर्ता भएका सदस्यहरूको नामावलीमा हामी सबै समावेश छौं। आउनुहोस्, आ–आफ्नो अधिकार प्रयोग गरौं र संगठनको विधानअनुसार नयाँ कार्यसमिति चुन्ने प्रक्रियामा सहभागी बनौं।
    सदस्यता नविकरणनगरि पूर्वका ४४० जना पञ्जीकृत सदस्यहरुको सदस्याता कायम राख्ने र नयाँ वा पहिलो सदस्यताका नलिएका र लिन चाहेकाको हकमा सदस्यता खुल्ला गरेको छ, नयाँ सदस्यताका लागि १५ अगस्ट सम्मको मिति राखिएको छ । अधिवेशन डन वोस्को गास्से १४, १२३० विनमा हुनेछ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend