आठ वर्षपछि प्रदेशसभा भवनको मंगलबार शिलान्यास


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२


  • आठ वर्षपछि प्रदेशसभा भवनको मंगलबार शिलान्यास

    प्रविन मगर पोखरा ।  गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि प्रदेशसभा भवनको मंगलबार शिलान्यास गरिएको छ ।पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा बनेको प्रदेशसभा नयाँ भवन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन् ।

    गण्डकी प्रदेशसभा भवन२५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा उक्त भवन बन्ने भएको हो । सहरी विकास तथा भवन कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बमोजिम भवन निर्माण हुने गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । श्रेष्ठ एन्ड सन्स इस्ट वेस्ट जेभी काठमाडौंले उक्त भवनको जिम्मा पाएको उनले बताए ।
    २०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएर केही काम अघि बढिसकेको र अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरु सकिएका छन् । डिपिआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend