NRNA अष्ट्रियाद्वारा ‘PUNSCH PARTY’ कार्यक्रम सम्पन्न


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, पौस ७ २०८२


  • NRNA अष्ट्रियाद्वारा ‘PUNSCH PARTY’ कार्यक्रम सम्पन्न

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाको आयोजनामा ‘PUNSCH PARTY’ कार्यक्रम आयोजना समापन भएको छ । २१ डिसेम्बर २०२५, मा अंग्रेजी नयाँ वर्ष २०२६ र क्रिसमस को अवसर मा आइतबारको दिन TRATTORIA ANTICA Althanstrasse 15, 1090 Wien मा ‘ PUNSCH PARTY’ भएको थियो ।

    भियना, अष्ट्रिया — गैरआवासीय नेपाली संघ (NRNA)अष्ट्रियाको आयोजनामा एक गरिमामय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको NRNA अष्ट्रियाका अध्यक्ष श्री ध्रुब पौडेलले बताए । ध्रुब पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि अष्ट्रिया नेपाली राजदूत महामहिम श्री भरतकुमार रेग्मीको आतित्थ्यतामा भव्य रुपमा मनाईएको पौडेलले बताए ।

    कार्यक्रममा नेपाली राजदूतावास भियनाका सचिवहरू श्री लेखनाथ गौतम र श्री अनिल कुमार रेग्मी, वर्तमान ICC सदस्य श्री मनोज बिष्टलगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    प्रमुख अतिथि राजदूत रेग्मीले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र नेपाली पहिचानको संरक्षण आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूले समुदायलाई थप सशक्त बनाउने धारणा व्यक्त गरे।

    कार्यक्रममा पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू तथा खेलकुद, साहित्य र आदिवासी जनजाति संघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा अष्ट्रियाका उपाध्यक्ष श्री तुल बहादुर बोहाराले समापन मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend