NRNA अस्ट्रियाले आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम गर्दै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, फाल्गुन ४ २०८२


  • NRNA अस्ट्रियाले आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम गर्दै

    प्रविन मगर ,पोखरा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, NRNA अस्ट्रियाको आयोजनामा ख्यातिप्राप्त पण्डित दीनबन्धु पोखरेलको आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम २१ मार्च २०२६ मा हुने भएको हो । नेसास अस्ट्रीया, आदिवासी जनजाति महासंघ अस्ट्रीया, इनास अस्ट्रीया, नमो बुद्ध स्पोर्ट्स क्लब अस्ट्रीया को सहयोग तथा NRNA अष्ट्रियाको संयोजनमा र आध्यात्मिक यात्रा व्यवस्थापन समितिको आयोजनामा एक विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम आयोजना गरिएको NRNA अष्ट्रियाका अध्यक्ष श्री ध्रुब पौडेलले बताए ।

    वाचनप्रवीण तथा ख्यातिप्राप्त पण्डित दीनबन्धु पोखरेल “युरोप आध्यात्मिक यात्रा २०२६” को क्रममा अस्ट्रिया आउने क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाले सो कार्यक्रम राखेको पौडेलले बताए ।

    पूर्वीय दर्शन, आध्यात्मिक तथा वैज्ञानिक चिन्तनको माध्यमबाट जीवनलाई सकारात्मक दिशा दिन सहयोग पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको NRNA सदस्य जिवन रखालले मयुर टाईम्स न्यूजलाई बताए।

    आध्यात्मिक तथा वैज्ञानिक प्रवचन, पण्डित दीनबन्धु पोखरेलज्यूद्वारा जीवनोपयोगी मार्गदर्शन, सत्सङ्ग तथा भजन–कीर्तन, मन, आत्मा र वातावरणलाई शान्ति प्रदान गर्ने आध्यात्मिक अनुभूति कार्यक्रमका मुख्य आकर्षणहरू रहनेछन् । आध्यात्मिक, ज्ञानवर्धक तथा प्रेरणादायी कार्यक्रममा उपस्थित भई सत्सङ्गलाई सफल बनाइदिनुहुन सम्पूर्णमा आयोजक अस्ट्रियाले हार्दिक अनुरोध समेत गरेको छ ।Dorfelderstrasse 10, Ecke Murlingengasse, 1120 Wien स्थानमा हुने कार्यक्रम दिउँसो १२ः०० देखी साँझ ६ः०० बजे सम्म हुने आयोजकले बताएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend