NRNA Austria द्वारा “नेपाल दिवस तथा बनभोज २०२६” आयोजना हुन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, असार २१ २०८३


  • NRNA Austria द्वारा “नेपाल दिवस तथा बनभोज २०२६” आयोजना हुन

    भियना, अस्ट्रिया। अस्ट्रियामा रहेका नेपाली समुदायबीच आपसी एकता, नेपाली कला, संस्कृति, परम्परा तथा राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ NRNA Austria ले “नेपाल दिवस तथा बनभोज (Nepal Festival & Banbhoj Picnic 2026)” आयोजना गर्ने भएको छ।

    कार्यक्रम शनिबार, २५ जुलाई २०२६ मा Donauturmplatz 1, 1220 Wien, Austria मा आयोजना हुनेछ। आयोजकका अनुसार कार्यक्रममा अस्ट्रियाभर रहेका नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नेपालीपनको उत्सव मनाउन आग्रह गरिएको छ।

    कार्यक्रमका मुख्य आकर्षणहरूमा नेपाली सांस्कृतिक प्रस्तुति, विभिन्न जातीय भेषभूषा प्रदर्शन, स्वादिष्ट नेपाली परिकार, संगीत तथा नृत्य, परिवारमैत्री बनभोज वातावरण, बालबालिकाका लागि लिलिपुट रेल चढ्ने विशेष व्यवस्था तथा आकर्षक चिठ्ठा एवं तम्बोला मनोरञ्जन कार्यक्रम रहनेछन्।

    आयोजकले सहभागीहरूलाई राष्ट्रिय पोशाक र नेपाली झण्डासहित कार्यक्रममा उपस्थित भई नेपाली भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ थप उजागर गर्न अनुरोध गरेको छ।

    NRNA Austria का अनुसार, यस कार्यक्रमले अस्ट्रियामा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

    “नेपाली संस्कृति हाम्रो पहिचान — एकता, सहयोग र सद्भाव हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले हार्दिक अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend